नियम २६
कोषको प्रशासकीय खर्च
एक आर्थिक वर्षमा कोषमा रहेको मौज्दात रकमको अधिकतम एक प्रतिशतसम्म कोषको प्रशासकीय काममा कोष सञ्चालक समितिले स्वीकृत गरेको बजेटको अधीनमा रहेर खर्च गर्न सकिनेछ । मौज्दात रकम गणना गर्ने प्रयोजनका लागि आर्थिक वर्षको अवधिमा कुनै दिन रहेको उच्चतम मौज्दातलाई आधार बनाइनेछ ।